सिरहा:कल्याणपुरमा दलित बस्तीमाथि आक्रमण : पाँच घरमा तोडफोड र लुटपाट, पीडितले न्यायको माग

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share

असोज १८- सिरहा।
स्टार खबर।

सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ गाउँमा विश्वकर्मा पूजाको आर्केस्ट्रा विवादपछि दलित बस्तीमाथि शुक्रबार दिउँसो सामूहिक आक्रमण भएको छ। ‘प्रहरी बोलाएको’ निहुँमा स्थानीय गैरदलित समूहले दलित समुदायका पाँच घरमा तोडफोड र लुटपाट गरेका छन्।

अरङको ठूलो पोखरीको उत्तरपट्टि डिलमा बसोबास गर्दै आएका दलित परिवारका घरहरूमा दिउँसो करिब २ बजेतिर प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइनलगायत २०–२५ जनाको समूहले आक्रमण गरेको पीडितहरूले बताएका छन्।

पीडित सोभित पासमानका अनुसार उक्त समूहले घर तोडफोड गर्दै घरभित्र रहेका सामान, सुनचाँदीका गहना र नगद लुटेका थिए। “शान्ति सुरक्षाका लागि कल्याणपुरबाट प्रहरी बोलाएका थियौँ, तर ईलाका प्रहरी कार्यलय कल्याणपुरका इन्चार्ज संजय शर्माकै अगाडि तोडफोड र लुटपाट भयो,” उनले बताए।

त्यस्तै, अशोक पासमानले चार आना सुन र ३० तोला चाँदीका गहना लुटिएको बताएका छन्। राजकुमार पासमानको घरबाट मजदुरी गरेर राखेको धान–चामल, दाल, १८ हजार रुपैयाँ नगद, चार आना सुन र १० तोला चाँदीका गहना समेत लुटिएको पीडित रासलाल पासमानले बताए।

उक्त समूहले बिन्दे पासमानको घरमा रहेका २० तोला चाँदीका गहना, दुई आना सुन र तीन हजार रुपैयाँ नगद लुटेको र घरका अन्य सामग्रीसमेत नष्ट गरेको जनाइएको छ।

गाउँमा घटनापछि आतंक फैलिएको छ। कल्याणपुरबाट पुगेका प्रहरी प्रभावकारी रूपमा सक्रिय नभएपछि मिर्चैयाबाट जनपद र सशस्त्र प्रहरी टोली पुग्दा मात्र आक्रमणकारीहरू फरार भएका थिए। प्रहरीले घटनामा संलग्न ६१ वर्षीय गणेश कामतीलाई नियन्त्रणमा लिएको छ भने बाँकी फरार व्यक्तिहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

स्थानीयका अनुसार, “दशैंको बेला र भारी वर्षाको सम्भावनाबीच दलित बस्तीमाथि यसरी घर भत्काएर लुटपाट गर्नु जघन्य अपराध हो। राज्यका निकायहरूले तत्काल कारबाही र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्छ।”

दलित बस्तीका घर भत्किएका कारण परिवारहरू ओत लाग्ने ठाउँविनै भएका छन्। पीडितहरूले स्थानीय सरकारसँग तत्काल अस्थायी बसोवासको व्यवस्था गर्न माग गरेका छन्।

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share
देश
सोनु मिश्रा

भिडियो हालेको कारण वडाध्यक्षको धम्की: सिरहाकी मोनिका शर्मालाई घरमै पुगेर दबाब

असोज २३-सिरहा।सोनु मिश्र। अविरल वर्षाको कारण गाउँमा पानी जमेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरकी मोनिका शर्मालाई सोही वडाका वडाध्यक्ष शिवशंकर झाले

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिट

असोज -२३ सिरहा।स्टार खबर। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटी चौकमा गए राति भएको कुटपिट घटनामा स्थानीय रामजानकी कुटीका महन्थ श्री महन्थि दास घाइते भएका

थप पढ्नुस् »
देश
सोनु मिश्रा

जल तथा मौसम विज्ञान विभागको चेतावनी : असोज १८–२० बाढी, डुबान र पहिरोको जोखिम

असोज-१६ सिरहा।स्टार खबर। जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक,

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला

असोज-१६ सिरहा।स्टार खबर। सिरहाको बिष्णुपुर गाउँपालिका–५ की अ.७४ वर्षीया समुन्द्री महतो (कोईरी) हिजो(बुधबार) बेलुकी घाँस काट्न गएको बेला मृत फेला परेकी छन्।स्थानीयका अनुसार मृतक दिवंगत

थप पढ्नुस् »
देश
सोनु मिश्रा

गोलबजारको बालक अपहरण र हत्या काण्डमा ६ जनाविरुद्ध मुद्दा

असोज १५ सिरहा ।स्टार खबर। सिरहा जिल्लाको गोलबजार नगरपालिका १३, दुर्गापुर डंग्राहा गाउँका बालकको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध अपहरण

थप पढ्नुस् »
देश
सोनु मिश्रा

धनुषामा झिझिया नाच हेर्न गएका दुई युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक गम्भीर घाइते

असोज -१० धनुषा।स्टार खबर। धनुषाको कमला नगरपालिका–२ माचि र वडा नं. ३ लगमाबीचको खोक्साहा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने एक

थप पढ्नुस् »
No more posts to show