सिरहा:गोलबजार नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमको शानदार जित

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share

ज्ञान कुमार राय
पौष -२७ सिरहा।

सिरहाको गोलबजारमा नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा गोलबजार टिमले कल्याणपुर टिमलाई पराजित गर्दै विजयी बन्ने गौरव हासिल गरेको हो।

IMG 20250111 WA0011
सिरहा:गोलबजार नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमको शानदार जित 4

आज भएको गोलबजार नगरस्तरीय क्रिकेट फाइनल खेलमा कल्याणपुर टिमले टस जितेर पहिले ब्याटिङ गरेका थिए ।पहिले ब्याटिङ गरेर १८.४ ओभर मा १३६ रन को लक्ष्य दिएका थिए ।

फाइनल खेलमा गोलबजार टिमले सानदार ब्याटिङ र बलिङ प्रदर्शन गर्दै १७.४ ओभरमा लक्ष्य सहजै पूरा गर्‍यो। कप्तान शशी सहनीको कुशल नेतृत्व र खेलाडीहरूको उत्कृष्ट समन्वयले टिमलाई जित तर्फ डोर्याएको थियो। ब्याट्सम्यान कोशल कुमार रायले खेलमा सान्दार प्रस्तुति गरे भने बलर विनय पासवानले चार निर्णायक विकेट लिँदै खेललाई गोलबजारको पक्षमा पारे।

IMG 20250111 WA0014
सिरहा:गोलबजार नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमको शानदार जित 5

खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा विजेता टिमलाई ट्रफी, प्रमाणपत्र र नगद(रु.३०,०००/-) तीस हजार पुरस्कार प्रदान गरियो।
आयोजक समितिका अध्यक्ष सुभाष सिंहले विजेता टिमलाई बधाई दिँदै भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे।

यस विजयसँगै गोलबजार टिमले नगरस्तरीय क्रिकेटमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ।

IMG 20250111 WA0012
सिरहा:गोलबजार नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमको शानदार जित 6
Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share
देश
सोनु मिश्रा

भिडियो हालेको कारण वडाध्यक्षको धम्की: सिरहाकी मोनिका शर्मालाई घरमै पुगेर दबाब

असोज २३-सिरहा।सोनु मिश्र। अविरल वर्षाको कारण गाउँमा पानी जमेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरकी मोनिका शर्मालाई सोही वडाका वडाध्यक्ष शिवशंकर झाले

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिट

असोज -२३ सिरहा।स्टार खबर। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटी चौकमा गए राति भएको कुटपिट घटनामा स्थानीय रामजानकी कुटीका महन्थ श्री महन्थि दास घाइते भएका

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:कल्याणपुरमा दलित बस्तीमाथि आक्रमण : पाँच घरमा तोडफोड र लुटपाट, पीडितले न्यायको माग

असोज १८- सिरहा।स्टार खबर। सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ गाउँमा विश्वकर्मा पूजाको आर्केस्ट्रा विवादपछि दलित बस्तीमाथि शुक्रबार दिउँसो सामूहिक आक्रमण भएको छ। ‘प्रहरी बोलाएको’ निहुँमा स्थानीय

थप पढ्नुस् »
देश
सोनु मिश्रा

जल तथा मौसम विज्ञान विभागको चेतावनी : असोज १८–२० बाढी, डुबान र पहिरोको जोखिम

असोज-१६ सिरहा।स्टार खबर। जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक,

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला

असोज-१६ सिरहा।स्टार खबर। सिरहाको बिष्णुपुर गाउँपालिका–५ की अ.७४ वर्षीया समुन्द्री महतो (कोईरी) हिजो(बुधबार) बेलुकी घाँस काट्न गएको बेला मृत फेला परेकी छन्।स्थानीयका अनुसार मृतक दिवंगत

थप पढ्नुस् »
देश
सोनु मिश्रा

गोलबजारको बालक अपहरण र हत्या काण्डमा ६ जनाविरुद्ध मुद्दा

असोज १५ सिरहा ।स्टार खबर। सिरहा जिल्लाको गोलबजार नगरपालिका १३, दुर्गापुर डंग्राहा गाउँका बालकको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध अपहरण

थप पढ्नुस् »
No more posts to show