सिरहामा लागुऔषधसहित चार युवक पक्राउ

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share

कार्तिक २६- सिरहा।
स्टार खबर ।

सिरहा जिल्लामा पछिल्ला दिनमा बढ्दै गएको लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत बिहीबार साँझ दुई छुट्टाछुट्टै स्थानबाट चार जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ।

पहिलो घटनामा, जिल्ला सिरहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्थानमा छापा मारेको थियो।
जाँचका क्रममा स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१७ पटेरवा बस्ने २५ वर्षीय रामजिवन यादव र सोही स्थानका २७ वर्षीय दीपक कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रामजिवन यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ २४ ग्राम ८२० मिलिग्राम बरामद गरिएको छ। साथै उनीहरूका साथबाट मोबाइल फोन र मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी दोस्रो घटनामा, नवराजपुर गाउँपालिका–५ स्थित कुसण्डी–जगतपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ५३२६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।
मोटरसाइकल चालक नवराजपुर गाउँपालिका–१ का २१ वर्षीय ऋषिकुमार यादवको साथबाट डाईजोपाम एम्पुल ५ थान, प्रोमेथाजाईन एम्पुल ५ थान र ब्रुफेनफाईन एम्पुल ५ थान फेला परेको छ।
त्यस्तै, सोही मोटरसाइकलको पछाडि सवार भगवानपुर गाउँपालिका–५ का १८ वर्षीय देवेन्द्र कुमार यादवको साथबाट डाईजोपाम एम्पुल १ थान र सिरिन्ज १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय भारत सीमाबाट लागुऔषध चोरी पैठारी गरी सिरहा तथा आसपासका क्षेत्रमा बिक्री वितरण भइरहेको भन्दै कडाइका साथ निगरानी र धरपकड अभियान जारी राखिएको छ।

Share on facebook
Share
Share on twitter
Share
Share on whatsapp
Share
देश
सोनु मिश्रा

सिरहा:विष्णुपुर बजारमा जेन्जी युवाहरूको अगुवाइमा सरसफाई कार्यक्रम सम्पन्न

असोज-२५ सिरहा।सोनु मिश्र।सिरहाको विष्णुपुर गाउँपालिका–१ मा जेन्जीका कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी (एपीएफ), नेपाल आर्मीका जवान र स्थानीय व्यापारीहरू मिलेर संयुक्त रूपमा बृहत् सरसफाई कार्यक्रम

थप पढ्नुस् »
देश
सोनु मिश्रा

भिडियो हालेको कारण वडाध्यक्षको धम्की: सिरहाकी मोनिका शर्मालाई घरमै पुगेर दबाब

असोज २३-सिरहा।सोनु मिश्र। अविरल वर्षाको कारण गाउँमा पानी जमेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरकी मोनिका शर्मालाई सोही वडाका वडाध्यक्ष शिवशंकर झाले

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिट

असोज -२३ सिरहा।स्टार खबर। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटी चौकमा गए राति भएको कुटपिट घटनामा स्थानीय रामजानकी कुटीका महन्थ श्री महन्थि दास घाइते भएका

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा:कल्याणपुरमा दलित बस्तीमाथि आक्रमण : पाँच घरमा तोडफोड र लुटपाट, पीडितले न्यायको माग

असोज १८- सिरहा।स्टार खबर। सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ गाउँमा विश्वकर्मा पूजाको आर्केस्ट्रा विवादपछि दलित बस्तीमाथि शुक्रबार दिउँसो सामूहिक आक्रमण भएको छ। ‘प्रहरी बोलाएको’ निहुँमा स्थानीय

थप पढ्नुस् »
देश
सोनु मिश्रा

जल तथा मौसम विज्ञान विभागको चेतावनी : असोज १८–२० बाढी, डुबान र पहिरोको जोखिम

असोज-१६ सिरहा।स्टार खबर। जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक,

थप पढ्नुस् »
देश
सोनु मिश्रा

सिरहा :घाँस काट्न गएकी वृद्धा मृत फेला

असोज-१६ सिरहा।स्टार खबर। सिरहाको बिष्णुपुर गाउँपालिका–५ की अ.७४ वर्षीया समुन्द्री महतो (कोईरी) हिजो(बुधबार) बेलुकी घाँस काट्न गएको बेला मृत फेला परेकी छन्।स्थानीयका अनुसार मृतक दिवंगत

थप पढ्नुस् »
No more posts to show