+
+
0 Shares

प्रधानमन्त्री ओलीलाई सिरहामा देखाए कालोझण्डा

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
2 views

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले सोमबार सिरहामा कालोझण्डा देखाएका छन् । तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । स्व.यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । प्रहरीले कालोझण्डा देखाउने युवा विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।