+
+
0 Shares

बिष्णुपुरमा वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष गोल्डकप प्रतियोगिता २०७७ आईतवार देखी गौरिपुरको गङ्तीमा सुरु भएको छ । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिको उप प्रमुख सरोज कुमार यादवले गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी यादवले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहेको बताएका छन । मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ यादवले भने ।खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी बिष्णुरलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उनले भने ।

आयोजक वडा अध्यक्ष गोल्डकपको अध्यक्षता तथा बिष्णुपुर वडा नम्बर १ अध्यक्ष गोपेन्द्र यादवले युवाहरूमा एकता ,अनुशासन सिकनको लागि खेलको आयोजना गरेको वताए ।