+
+
0 Shares

सिरहामा बोक्सी भन्दै मलमूत्र खुवाउने युवक पक्राउ

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

स्टार खबर,बैशाख ५
सिरहामा बोक्सी भन्दै महिलालाई कुटपिट गरी मलमूत्र खुवाउने युवक पक्राउ परेका छन् ।
औरही गाउँपालिका-५ की ५० वर्षीया हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाउने २९ वर्षीय घुरन साह पक्राउ परेका हुन् । घुरन पीडित महिलाका जेठाजुका छोरा हुन् ।

बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडितकै भतिजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्न उनका श्रीमती र भाउजूहरूलाई भने पक्राउ गरिएको छैन ।

घटनाका विषयमा उजुरी नआएका कारण पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले बताए । जाहेरीपछि कानुनी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
गाईलाई टुना गरेर मारेको भन्दै हीरादेवीलाई जेठाजुका छोरा र बुहारीहरूले कुटपिट गर्दै मानव मलमूत्र खुवाएका थिए । पीडितका अनुसार भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबरजस्ती मलमूत्र मुखमा राखेको थियो ।
यसअघि गाउँमै पञ्चायती गरेर घटना मिलाउन प्रयास भएको थियो ।