+
+
0 Shares

स्वर्गीय यादव र सदायलाई मधेश मिडिया मिसन नेपालद्वारा श्रद्धाञ्जली

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा । सिरहाको लाहानमा आयोजित एक कार्यक्रम बिच मधेश आन्दोलनको संयोजक स्वर्गीय कृष्ण बहादुर यादव र पत्रकार एवं कलाकार गुरुशरण सदायलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । लाहान स्थित शहिद चौकमा मधेश मिडिया मिसन नेपाल ले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न कलाकार, पत्रकार, समाजसेवी एवं बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याउन आफ्नो ज्यानको बाजी लगाउने कृष्ण बहादुर यादवलाई श्रद्धान्जली दिदै मधेश मिडिया मिसनका केन्द्रिय अध्यक्ष दिनेश्वर गुप्ताले भने ‘ मधेश सहित देशकै राजनैतिक परिवर्तनमा स्वर्गीय यादवको विशेष योगदान रहयो । उनले बाचुन्जेल पदिय मोहलाई त्यागी समाज परिवर्तनको बाटोमा गईरहे । उनको यस्तो बलिदानीलाई यो शहिद नगरीले सदैव सम्झिने छ ।’ मधेश विद्रोह ताका सह-संयोजक समेत रहेका मधेश मिडिया मिसन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले स्वर्गीय यादवको बलिदानी खेर जान नदिन उनको स्मृति पार्क बनाउन सरकारलाई अनुरोध गरे । अध्यक्ष गुप्ताको अनुसार ‘देशमा संघीयताको जग बसालेको मधेश आन्दोलनका कैयौं योद्धाहरु अहिले पनि संघर्षमय जिवन बिताउन बाध्य छन । उनीहरू कै योगदानले कतिपय नेताकार्यकर्ता देशको राजनीतिमा स्थापित भएका छन तर दुर्भाग्यवश मधेश आन्दोलनका वास्तविक सिपाहीहरुलाई अझै आफ्नो अस्तित्व खोज्न बाध्य पारिएको छ । त्यसैगरी अध्यक्ष गुप्ताले मुसहर समुदायका पत्रकार एवं कलाकार स्वर्गीय गुरुशरण सदायलाई श्रद्धान्जली अर्पण गर्दै भने ‘सदायले धेरै कम समयमा आफुलाई बहुप्रतिभाशाली बनाए । उनको जिवनको साहासिक यात्रा अरुको लागि प्रेरणादायी रहनेछ ।’ सदायको अल्पआयुमा भएको निधन प्रति गहिरो सम्वेदना ब्यक्त गर्दै गुप्ताले शोकाकुल परिवारको हरेक पाईलामा मधेश मिडिया मिसन नेपाल सारथी रहने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव, कोषाध्यक्ष विरेन्द्र नेपाल, सह सचीव राजेन्द्र महतो, जसपाका युवा नेता मनोज (मन्जे) यादव, जसपाका नेता बलिराम यादव, बुद्धिजीवी जयकिशोर यादव लगायत दर्जनौं ब्याक्तित्वले स्वर्गीय यादव र सदायलाई श्रद्धान्जली दिएका थिए ।