+
+
0 Shares

सिरहमा मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यू

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


सिरहा,जेष्ठ १ गते ।
स्टार खबर
सिरहाको औरही गाउँपालिका १ हरकट्टीमा मोटरसाइकलमा सल बेरिँदा एक महिलाको मृत्यू भएको छ । ससुरालीबाट घर आउने क्रममा स. १० प ४५२२ नम्बरको मोटरसाइकलको चेनमा सल बेरिएर गोलबजार नपा ५ थारुटोलका जागेश्वर साहको २७ बर्षीय श्रीमती निरु साहको मृत्यु भएको हो ।
बच्चा, श्रीमती सहित घर आउँदै गर्दा मोटरसाइकलको चेनमा सल बेरिएर घाँटी थिचिदाँ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । उनीहरुको साथमा रहेको बच्चा भने सुरक्षित रहेको बताइएको छ ।