+
+
0 Shares

सिरहामा सेना परिचालन गरेर निषेधाज्ञामा थप कडाइ

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

सिरहा स्टार खबर,जेष्ठ १
जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख सहरहरूमा सेनाले सहयोग गर्ने उद्धेश्यले खटाईएको हो । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार कोरोना महामारीबाट बचाउन निषेधाज्ञालाई थप प्रभावकारी जनाउने उदेश्यले सेनाले सहयोग गरेको हो । कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ २१ गते राती १२:०० बजे सम्म सिरहा पूर्णरुपले निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर न निस्किन आग्रह गर्दै सेनाको सहयोगमा चेकजाँचमा थप कडाई गरिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतना फैल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने उदेश्यले नेपाली सेनाले सहयोग गरिएको बताए । उनका अनुसार मिर्चैया नगरपालिका, गोलवजार नगरपालिका क्षेत्रमा सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य गरिरहेको पाईएको छ ।
यस बिचमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सडकमा खटिएका छन् ।जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीको लागि भन्दा पनि कोभिड विरुद्ध अभियान चलाउन खटाइएको शेर गण चोहर्वाका प्रमुखले जानकारी दिए ।
पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लङ्घन गरेको सूचना पाए सङ्क्रमण ऐन २०२० अनुसार पक्राउ गरी कारवाही गर्ने प्रहरीलाई निर्देशनसमेत दिइएको प्रजिअ कणेलले बताए ।