+
+
0 Shares

सिरहामा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

स्टार खबर ,सिरहा, ८
सिरहाको बिष्णुपुरमा शनिबार साँझ भएको मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् ।

सिरहा चोहर्वा सडक खण्ड अन्तरगत बिष्णुपुर गाउँपालिका (बिष्णुपुर कटनिया) नजिक स.१ प ७९८१ नम्बरको रातो रङ्गको splender मोटरसाइकल र बिपरित दिशातिर बाट आउदै गरेको ब्लु रङ्गको स.९ प ७२०३ नम्बरको discover मोटरसाइकल एक आपसमा ठोकिँदा बिष्णुपुर गाउँपालिका १ बस्ने वर्ष ५६ को राजेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कल्याणपुर नगरपालिका -१ बस्ने गाडी चालक वर्ष १९ को रमेश माझी र पछाडि सवार वर्ष २३ को सिकिन्दर महतो गम्भीर घाइते भइ थप उपचारका लागि बिराटनगर पठाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कल्याणपुर नगरपालिका -१ बस्ने गाडी चालक वर्ष १९ को रमेश माझी र पछाडि सवार वर्ष २३ को सिकिन्दर महतो गम्भीर घाइते भइ थप उपचारका लागि बिराटनगर पठाइएको छ।