+
+
0 Shares

कोरोनाको कारण ढोडना स्थित रहेको राजदेवी पञ्चावती मेला नलाग्ने

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

स्टार खबर -९
सिरहा । कोरोना भाइरस कोभिड –१९ को दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहामा बढि रहेको छ । स्वास्थ अवस्था सुधारका लागि जिल्ला प्रसाशन कार्यालयले जेठ २१ गते सम्मको लागि सिरहामा अहिले निषेधाज्ञा जारी भएको छ ।
निषेधाज्ञाका कारण धार्मिक महत्वको सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्रको रुपमा परिचित सिरहाको लहान नगर पालिका –१५ ढोडना स्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा बैशाख शुक्ल पुर्णिामाका दिन लाग्ने मेला यस वर्ष पनि नलाग्ने भएको छ ।
भाकल गरे अनुसार मनोकांक्षा पुरा भएपछि बोका, परेवा, हासको बली चढाउने दर्शनार्थीहरुको ठुलो संख्यामा भिड लागने गर्थियो। राजदेवी पञ्चावतीलाई बैशाख शुक्ल पुर्णिमाका दिन मात्र बलि दिने परम्पराग मान्यता रहि आएको छ । मेला भर्न र भाकल पुरा भएपछि मन्दिरमा पशुपक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोतरी तथा छिमेकी मुलुक भारतको बिहार राज्यको विभिन्न प्रान्तबाट आएका भक्तजनहरुको ठुलो भिड लागने गर्छ ।
सन्तानप्राप्ती, रोग विनाश, कार्य सफलताका लागि भक्तजनहरुले सगरमाथा अंचलको प्रमुख व्यापारी केन्द्र लहान बजारदेखि नौ किलोमिटर उतरमा ३ बिगहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, पाठी,हास,परेवा र कुखुराको बली दिने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले भाकल गर्दा पाठी बली दिने परम्परा रहि आएको छ । स्थानीयवासीहरुका अनुसार, सो क्षेत्रमा जंगल परापुर्वकालदेखि नै थियो । मन्दिरका मुख्यपुजारी डम्वरबहादुर भटका अनुसार, दसपुस्ता अघि त्यस क्षेत्रको जंगलमा जंगली जनावरले दुःख दिनथाले पछि धामी (झाक्रि)लाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरी पुर्णिमाको दिन बली दिने भने अनुसार, यहाँ बली दिने परम्परा रहेको छ । पुजा व्यवस्थापन समितीका अनुसार, गत वर्ष पुर्णिमाको दिन २० हजारको संख्यामा बोकापाठी र १४ हजारको संख्यामा परेवा , हास, कुखुराको बली दिएको थियो । तर यस वर्ष २५ हजारको हराहारीमा बोकापाठी बली प्रदान हुने समितिको पुर्वअनुमान छ । स्थापनाकालदेखि नै बलिदिएको पशुपंक्षीको टाउको समितिले राखने गरेका थिए भने तर केहि वर्षदेखि मेला समितिले आफु राजी खुशि विगतको निर्णयलाई वेवस्ता गदै आर्थिक प्रलोभनमा परि एक सयमा टाँउको दिने गरेका छन् ।
वडा अध्यक्ष तेज नारायण चौधरीका अनुसार, पुर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी पुर्णिमाका दिन मात्र बलि दिइन्छ । मेलामा देशको विभिन्न जिल्ला तथा भारतको विहार राज्यबाट समेत दर्शनार्थीहरुको ठूलो घुईचो लागने गर्छन् । मेलाको दुई या तिन दिन अगाबै भारतको विहार राज्यबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएर नजिकै रहेको विद्यालयमा बास बस्ने गर थियो तर यस पालि कारोनाको दास्रो लहरका कारण सिमा क्षेत्र बन्द हुदा दर्शनार्थीहरु आएका छैन ।
मेलाका दिन भाकल गरे भाकल पुरा हुने जनविश्वाश रहेको मेला भर्न आएका दर्शनार्थीहरुले बताए । हिमाल देखि तराई सम्मका विविधताले अनेकौ स्वाद र रुचिका पर्यटक तान्ने सम्भावना पञ्चावती मन्दिरसंग छ । तर यस्ता पर्यटकीय आर्कषणका धार्मिक एवम सास्कृतिक झल्कने महत्वका यी स्थलहरुको संरक्षणमा नेपाल सरकारले समयमै चासो नदेखाए लोप भई पर्यटकीय आर्कषणको वस्तु पनि हराउन सक्ने अशांका स्थानीयवासी बिरेन्द्र चौधरीले धारणा व्यक्त गरे ।
मेलाका दिन मात्र होईन सर्बै दिन मन्दिरमा पूजा तथा दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अनुभव चौधरीले सुनाए । मन्दिरको धार्मिक एवम ऐतिहासिक महत्वलाई बुझेर नेपाल सरकारले त्यस क्षेत्रमा बाटो घाटोको राम्रो सुविधा तथा मन्दिरको उचित संरक्षण पुर्याउन सके थुप्रै विदेशी पर्यटक आउने र यस क्षेत्रका सर्वसधारणको आर्थिक स्तर समेत माथि उठने स्थानियवासीहरुको भनाई रहेको छ ।