+
+
0 Shares

ढाेडना स्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा समान्य पुजा गरी निषेधाज्ञा पालाना गर्दै

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

स्टार खबर ,
सिरहा।१२जेष्ठ
निषेधाज्ञाका कारण धार्मिक महत्वको सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्रको रुपमा परिचित सिरहाको लहान नगर पालिका –१५ ढोडना स्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा आजको बुद्ध ज्यन्तिको दिन पर्ने राजदेवी मेला परापूर्व काल देखि चल्दै आएको पुजाआजा, बली प्राथा तथा मेलालाई लक्षित गर्दै यसपालि यो मन्दिरमा समान्य किसिमको पुजाआजा गर्ने समितीले जनाएको छ ।
निशेधाज्ञा पालना गर्न मन्दिरको परिसरसम्म मानिसहरुलाई पुग्न नदिन ईलाका प्रहरी कार्यालय लहानले राजदेवी पञ्चावती मन्दिर जानेआउने मुख्य–मुख्य प्रवेशद्धारहरुमा प्रहरी खटाएको छ तर यदाकदा बाहिरवाट मान्छे छिर्छ तर मन्दिर परिसर र मन्दिर गेटसम्म पुग्न दिएका छैनौ र मन्दिरको आसपास प्रहरीको जनशक्ति स्टिकली डयुटी मिलाएकोले अहिले सम्मको अवस्था समान्य रहेको कुरा लहान ईलाका प्रहरी कार्यालयवाट खटिएका प्रहरी नायव निरिक्षक झनक बहादुर अधिकारी बताए ।
बाहिरवाट आउने भक्तजनहरुलाई मेला नलाग्नने र बली समेत चढाउन नपाउँने कुरा जानकारी भएरपनि केही मानिसहरुले चोरवाटो भएर लुकीछुपी राजदेवी पञ्चावती मन्दिरको आसपास खाली खेतहरुमै खुला रूपमा समाजिक दुरी कायम गर्दै बली प्राथा कायमै देखिएको छ ।
निशेधाज्ञा पालना गर्न र मेला लाग्न नदिई भिडभाड् हुन नदिई कोरोनाको जोखिम उच्च हुन नदिन लहान वजारको मुख्य–मुख्य ठाउँमा प्रहरी प्रशासन खटिएकोले मान्छेको चहलपहलसँगै राजदेवी मेला यसपाली पनि लागेन ।