+
+
0 Shares

जनता समाजवादी पार्टीबाट चार नेतालाई निष्कासन गरीयो

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


सिराहा ,१८
स्टार खबर
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । 

बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्कासन गरेको नेता इस्तियाक राईले जानकारी दिए । निष्कासनमा पर्नेहरूमा राजेन्द्र महतो, सर्वेनन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

‘पार्टीले हिजै निष्कासन गरेको हो । मंगलबार हामीले निर्वाचन आयोगमा समेत पत्र पठाएका छौँ,’ नेता राईले भने ।

८ जेठमा सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि यसअघि १५ जेठमा जसपाले फेरि अध्यक्ष ठाकुरसहित चारै जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । यादव समूहले  २४ घण्टाभित्र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने चेतावनी समेत दिएको थियो ।