+
+
0 Shares

नेपाली रुपैयाँको धजिया उडाउँदै भारतीय बजारमा

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

विसुन देव सरदार
सिराहा ,१८ स्टार खबर
कोरोना महामारी रोगको कारण नेपाल र ईन्डियाबीच मान्छे आवतजावतमा रोक बोर्डर बन्द भएपनि सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाका भएर मानिसहरुको आवतजावत गर्नेको संख्या बढ्दो मात्रामा देखिएको छ।
हिजोआज भारतीय बोर्डर साइडका बजारहरु दिनभर प्रशस्त मात्रामा खुलेको देखिएको छ।
भारतीय बजार लदनियाँ खुलेपछि बरियारपट्टी नाका भएर आवतजावत गर्नेको घुइँचो बढी देखिएको छ।
दैनिक उपभोगको सामान खरिद गर्न नेपालीहरु सिमापार जाने गरेका छ्न।
सिमानाका बोर्डरहरुमा नेपाली रुपैयाँको केही अौचित्य नरहेको एक स्थानीयले बताए १०००/- नेपाली रुपैयाको मात्र ६००/- भारु. बनाइरहेको छ।
नेपाली बजारमा ह्वावातै कालोबजारी देखेर भारतीय बजार पुग्दा पनि अवस्था जटिल नै देखिएको । यता नाकाहरुमा प्रहरीको गस्ती बोर्डर सिल रहेपनि मान्छेहरुको आवातजावतमा रोक देखिएको छैन । कोरोना नियन्त्रणको साटो झन भित्रीदै गइरहेको देखिन्छ ।