+
+
0 Shares

सिरहाको मिर्चैयामा अज्ञात समुहद्वारा गोली प्रहार

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा ,२२
स्टार खबर

सिरहाको मिर्चैयामा एकजना पुरुषमाथि  अज्ञात समुहले गोली प्रहार गरेको  छ । मिर्चैया नगरपालिका ६ स्थित रहेको शिधि मेडिकलका साहु  रामसागर साफीमाथि गोली प्रहार भएको हो ।

शनिबार साँझ पौने ८ बजेतिर अज्ञात समूहले साफीलाई गोली हानेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको बायाँ  खुट्टा र पाखुरामा लागेको र  निजलाई उपचारकालागि मिर्चैया स्थित मंगल्म हस्पिटलमा राखेको  प्रहरी  जनाए ।

गोली चलाउने समूहको खोजीकार्य भइरहेको प्रहरीले  जानकारी दिए ।