+
+
0 Shares

प्रदेश २ का एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जना बर्खास्त

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
2 views


सिरहा ,२३
स्टार खबर
प्रदेश २ का एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।
कार्यसम्पादन राम्रो नरहेको भन्दै बर्खास्त गरिएको प्रदेश २ मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । उनीहरूमाथि कार्यसम्पादन राम्रो नरहेको र भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएको थियो । उनीहरू कामभन्दा पनि मन्त्री पदलाई दुरुपयोग गर्दै मोजमस्तीमा केन्द्रित रहेकोे जनाक्रोश थियो ।