+
+
0 Shares

सिरहामा असार मसान्तसम्म थप निशेधाज्ञा जारी

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

स्टार खबर
सिरहा,१४ असार
कोभिड- १९ सङ्क्रमणको जोखिम अझै कायम रहेको भन्दै सिरहामा थप १६ दिनको लागि निशेधाज्ञा जारी गरेको छ ।
जोखिम न्यूनिकरण गर्न आज सोमबार बसेको डी सी एम सी सिरहाको बैठकले गरेको निर्णय अनुसार असार १५ गते राती १२ बजेदेखि लागू हुने गरी असार ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायतकाहरु बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजे देखि १ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामाग्री भण्डारण गर्ने बाहेक विहान नौं बजेदेखि १ बजेसम्म व्यवसाय गर्न पाइने बताइएको छ ।

होटल व्यसायले भने अनलाईन वा फोनबाट बुकिङ्ग गरी होम डेलिभरी विहान नौ देखि दिउँसो १ बजे र बेलुकी ६ बजेदेखी ८ बजेसम्म सञ्चालन गर्न पाइने जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
सङ्क्रमणको संख्यामा निरन्तर कमी आएको भएपनि अझै सङ्क्रमण जोखिम रहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।