+
+
0 Shares

बिष्णुपुर गाँउपालिकाको बजेट ३४ करोड ९९ लाख प्रस्तुत र मा. मुख्य मन्त्री राउत द्वारा ४ भवनको उद्घाटन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा,१६ असार,
स्टार खवर
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशको विकास नहोस भन्ने चाहेको आरोप लगाएका छन । केन्द्रमा बस्ने हामी ‘महाराजा’ हौं र अरु केही पनि होइन भन्ने सोच संघीय सरकारको रहेको उनको आरोप छ । सिरहाको बिष्णुपुर गाँउपालिकाको सातौं गाउँ सभा आ.व.२०७८।०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण र भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले,हामी संविधान संशोधन चाहेका हौ, हाम्रो दुर्भाग्य छ जो संघियता विरोधीहरुले सरकारलाई साथ दिएर संविधान कार्यान्वय गर्न वाधा पुगाएको आरोप लगाए । उनले देशमा रहेको ७ सय ५३ पालिका र ७ प्रदेश यो संघियता कै देन रहेको बताए । उनले अहिले पाँच र छौ गाविसहरुले मिलेर बनेको पालिकाहरुमा करोडौंको बजेट र विकास देख्न पाईएको बताए । उनले कहि नभएको जात्रा नेपालमा देख्न पाईन्छ,विश्वको जुनसुकै देशमा पनि राजश्व वाँडफाडमा समान हक हुन्छ तर यो देशमा स्थानीय तह र प्रदेश सरकारलाई राजश्वको कुल ३० प्रतिशत वजेट मात्र विनियोजन गरिन्छ । अन्य कम जनघनत्व भएको प्रदेशमा यस प्रदेश भन्दा बढि बजेट विनियोजन गरिन्छ । समानताको लागि यो लडाई हो,यो लडाई चलिरहन्छ जब सम्म हाम्रो माँग पूरा हुदैन । कार्यक्रममा गाँउपालिका अध्यक्ष जागेश्वर यादव,उपाध्यक्ष अरुहुला देवी सिंह,पाँच वटै वडाका वडा अध्यक्ष,वडा सदस्य,कर्मचारी,राजनीतिदल,संघ संस्थाका प्रतिनिधि,सर्वसाधारण लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएका छन ।       

कार्यक्रममा बिष्णुपुर गाँउपालिकाले आ.व.२०७८।०७९ का लागी सातौं गाउँसभाबाट ३४ करोड ९९ लाख बराबरको कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । जसमा चालु खर्च तर्फ १८ करोड ६३ लाख र पँुजिगत खर्च तर्फ १६ लाख ६३ हजार प्रस्तुत गरेका छन । गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा वडा नंं.३ क मा रहेको सामुदायिक भवन,वडा नं.३ ख मा रहेको अपन सामुदायिक भवन,वडा नं. ३ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन सम्पन्न भएका छन ।