+
+
0 Shares

सिरहाको बिष्णुपुरमा ट्राफिक प्रहरीद्धारा बजारका विभिन्न ठाउँमा सचेतनामुलक होडिङ बोर्ड राख्दै

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा २२असार
स्टार खबर
सिरहाको बिष्णुपुर बजारका मुख्य मुख्य ठाउँमा ट्राफिक सचेतना मुलक होडिङ बोर्ड राखेको छ । सवारी दुर्घटना न्युनिकरणका लागी बिष्णुपुर बजारका अति दुर्घटना हुने क्षेत्रहरु तिर , ईलाका प्रहरी कार्यलय बिष्णुपुर चेक पोस्ट अगाडी ट्राफिक प्रहरीले होडिङ बोर्ड राखेको हो ।

ट्राफिक सचेतना मुलक विभिन्न नारा सहित बजारका मुख्य मुख्य ठाउँमा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको अ .ट्राफिक प्रहरी पोस्ट बिष्णुपुरका हवलदार बिरेन्द्र प्रसाद यादवले जानकारी दिए ।

प्रभावकारी ट्राफिक व्यवस्थापन तथा  सवारी दुर्घटना न्युनिकरणका लागी एन अनुशासन पालना गरौ, सुरक्षित सडकको प्रयोग गरौ, ट्राफिक संकेतको पालना गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔ, तिब्र गतिमा सवारी नचलाऔ,मोटर साइकल चलाउदा सधैं हेल्मेटको प्रयोग गरौ, ट्राफिक नियमको पालना गरौ लगायतका नाराहरू समाबेश गरि होडिङ बोर्ड राखिएको ट्राफिक प्रहरी निर्मल कुमार सुक्लाले बताए ।

सवारी चालक, परिचालक र सर्बसाधारणहरुमा ट्राफिक सचेतना अभिबृद्धी गर्ने उदेश्य सहित ट्राफिक सचेतनामुलक होडिङ बोर्ड बजार एरियाका ठाँउ ठाँउमा राखिएको अ.ट्राफिक प्रहरी पोस्ट बिष्णुपुरका इन्चार्ज जय नारायण महतोले बताए ।