+
+
0 Shares

“ट्रेजडि किङ्ग”बलिवुडको चर्चित अभिनेता दीलिप कुमारको निधन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


२३-असार
स्टार खबर

बलिवुडको चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो । हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले बुधबार बिहान साढे सात बजे निधन भएको पुष्टि गरे । बुढेसकालमा हुने बिमारीका कारण दीलिप कुमारको निधन भएको उनले जानकारी दिए।

बिहान ८ बजे दीलिप कुमारको ट्वीटर ह्याण्डलबाट पनि निधनको जानकारी दिइएको छ । पारिवारिक साथी फैसल फारुकीले सो ट्वीट गरेका हुन् । दीलिप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत दुःख व्यक्त गर्दै उनको निधन साँस्कृति दुनियाका लागि ठूलो क्षति रहेको उल्लेख गरेका छन् ।

दीलिप कुमारलाई गएको हप्ता अस्पताल भर्ना गरिएको थियो । यसअघि स्वासप्रस्वासमा समस्याभएपछि जुन ६ मा उनलाई अस्पताल लगिएको थियो ।

‘ट्रेजडि किङ्ग’ का रुपमा सुपरिचित रहेका दीलिप कुमारले आफ्नो पाँच दशक लामो चलचित्र यात्रामा ‘मुगले आजम, देवदास, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् । उनी पछिल्लोपटक सन् १९९८ को किला चलचित्रमा देखिएका थिए । ( साभार:-भारतिय संचार )