+
+
0 Shares

सिरहामा कटुवा पेस्तोल सहित एक युवक पक्राउ

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा, २७ असार ।
स्टार खबर

सिरहाको गोलबजारबाट  प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित आइतबार बेलुका एक युवकलाई नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोलबजार नगरपालिका- ४ दुर्गामन्दिर नजीकबाट चेकजाँचको क्रममा स ४ प ५४८४ को मोटरसाइकलमा सवार औरही गाउँपलिका- २ का सुजित कुमार यादवलाई एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।