+
+
0 Shares

सिरहामा गाडीहरू यात्रुसङ तेब्बर भाडा असुल्छ्न..न दिदा गुंडा शैलीमा भाडा लिन्छन: प्रशासन चाहिँ मौन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

सिरहा २८ असार
स्टार खबर

सिरहाको सार्वजनिक यातायातमा स्थानीय प्रशासनकै मिलोमत्तोमा एक सवारी चालकले तीग गुणा भाडा लिएको पाइएको छ ।

सिरहाको गोलबजारबाट सिरहाको सदरमुकामसम्म चल्ने एक माईक्रोमा केही दुरीको मात्रै भाडा ३० -४० रुपैयाँ लिएपछि आईतबार एक वृद्ध यात्रुले बढी पैसा न दिन माने पछि माईक्रो चालकले वृद्ध व्यक्तिसङ गुन्डा शैलीमा पैसा लिन प्रयास गरेको थियोे ।
सिरहा चोहर्बा सडक खण्ड अन्तरगत चोहर्वा देखि पानबारी चौक सम्मकै ३० रुपैयाँ काटेपछि वृद्धाले भाडाको रकम फिर्ता मागिरहेका थिए ।
त्यहाँ करिब ३ किलोमिटरभन्दा पनि कम दुरीमा ३० रुपैयाँ माग्दा वृद्धले थप रकम फिर्ता मागिरहेको देखिए । भाडाको लागि दिएको १०० रुपैयाँबाट ३० रुपैयाँ काटेर ७० रुपैयाँ फिर्ता दिएपछि उनले हल्ला गर्न थालेको देखिए । सो चौक सम्म मात्र १० रुपैयाँ भाडा रहेकोमा ३० रुपैयाँ बलपूर्वक थर्काएर भाडा असुलेको देखियो ।
गोलबजारबाट सिरहासम्म चल्ने स १ ज २५८ नम्बरको मिनी माईक्रोका खलासीले सो वृद्धलाई कठालो (कालर) समातेर जबरदस्ती ३० रुपैयाँ लिरहेको थियो ।

मिडियाको टिम पुगेपछि माईक्रोका चालकले नयाँ खलासी रहेको भन्दै गलतीले ३० रुपैयाँ काटेको माईक्रोका चालकले स्वीकारे ।
अन्दाजी ७० बर्षीय वृद्धलाई माईक्रोका खलासीले कठालो(कालार) समातेर जबरदस्ती रकम लिरहदाँ माईक्रोममा बसेका अन्य यात्रुहरु भने तमासा हेरिरहेका थिए।
अहिले माईक्रो चलाउन नदिएको तर ट्राफिकलाई मिलाएर चलाएको चालकले बताए ।

चौक चौकमा ट्राफिकलाई समेत रकम मिलाएर दिनुपर्ने भएकोले भाडा बढाएर लिएको चालकले बताए । कोरोनाको कारण बन्द रहेको सार्वजनिक यातायात सिरहामा ट्राफिक प्रहरीको मिलोमत्तो र सेटिँगमा चलेको चालकले खुलाएका छन् ।

सिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर डबल तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको देखिन्छ ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले भने खासै यस्तो कम्प्लेन पनि आको छैन हाम्रो ट्राफिकले चेकजाचको क्रममा सोधपुछ गरेका छौ। व्यक्तिगत कसैले पनि यो गुनासो गरेको छैन ।ठिक छ पत्रकारहरुबाट यस्तो गुनासो आएको छ भने हामी सबै आफ्नो स्टेसनहरुमा खबर गरि दिन्छौं ।जस्तो केही थाहानै न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानका प्रहरी नायब निरीक्षक रामकुमार यादवले बताए ।

यता निषेधाज्ञा मिचेर सार्वजनिक सवारी साधन चलेको र यात्रुहरूको बाध्यताको फाइदा उठाएर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाइरहेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने यात्रु बोक्नै न पर्ने हो यात्रु कोचेर भाडा मनपरी लिने चौतर्फी खबर आएको छ।यही विषयमा आज सुरक्षा निकायको सबैलाई बोलाएर यस विषयमा छ्लफल गरीने छौ र चाडै नियन्त्रण गर्ने उनले बताए।