+
+
0 Shares

सिरहामा बस दुर्घटनामा एकको मृत्यु, १५ घाइते

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views



श्रावण -५
सिरहा
स्टार खबर

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित सन्तनगरमा यात्रुवाहक बस पल्टिदा १ जनाको घटना स्थलमै  मृत्यु भएको छ भने १५जना घाइते भएका छन् ।

आज (मंगलवार) बेलुका जिरोमाईल देखि बरियारपट्टीतर्फ आउदै गरेको बा २ ख ७१९० नम्बरको बस अनियन्त्रित भई  सडक छेउको खेतमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
मृत्यु हुनेमा बरियारपटि गाउँपालिका -३ बस्ने वर्ष ३५ को गणेश मुखिया रहेका छ्न।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई  उपचारका लागि
आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।