+
+
0 Shares

सुखीपुरमा ३९ औं वि.पि. कोइराला स्मृति दिवस मनाइयो

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

विसुन देवसरदार
सिरहा ,श्रावण-७

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर – ८ मा अवस्थित श्री लक्ष्मण सेवा सदन भवनमा हिजो बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म बि.पि कोइरालाको ३९ औं स्मृति मनाइएको हो ।
नेपाली काङ्ग्रेस सिरहा क्षेत्र न. २ का क्षेत्रीय सभापति रामचन्द्र यादव द्वारा आयोजित उक्त स्मृति कार्यक्रम रहेका थियो। बि.पी. कोइरालाको तस्बिर राखी फुलमाला , रङ्ग , अविर सहित सबैले मौन धारण गरेका थिए।

स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा सुखीपुर सुधार समितिका अध्यक्ष विपी भुवन यादवले दिवसको अवसरमा प्रशिक्षण समेत दिइएका थिए।
नेपाल र नेपाली जगतमा एउटा आदर्शवाद र शिक्षाविद्को रुपमा चिनाएका नेता कोइराला संसारबाट गएतापनि वहाँ सधैंका लागि,सबैका लागि पुज्णिय रहेका हुन।

यो सँगै नेपाली काङ्ग्रेसले विपी कोइराला दिवस हरेक वर्ष झै यस वर्ष पनि भव्य र सभ्य रुपमा नेपालका विभिन्न ठाउँबाट मनाइएका हुन्।
कार्यक्रममा जिल्ला भरिका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।