+
+
0 Shares

सिरहाको नवराजपुर गाउँपालिकामा ॐ शान्ति भवन निर्माणको कार्य सम्पन्न

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

विसुन देव सरदार
सिरहा
८-श्रावण

सिरहाको नवराजपुर गाँउपालिका वडा नम्बर -४ मा ॐ शान्ति भवन निर्माणको कार्य सम्पन्न भएको छ।

समाजमा शान्ति र सु-व्यवस्था कायम गर्न अति नै महत्वपूर्ण भूमिका रहेको ॐ शांतिका सदस्यहरू बताउँछन् । भौतिक
पूर्वाधारहरुको अभावलाई महशुस गर्दै जनता समाजवादी पार्टीका स्थानीय नेता शिव उदगार यादवको सक्रियतामा भवन निर्माण समिति गठन गरी विभिन्न सहयोगी हातहरुको माध्यमबाट सहयोग जुटाई भवन निर्माणको कार्य सम्पन्न भएको हो ।
सामाजमा विकासको (लहर) गतिलाई अगाडि बढाउनका लागि एक ढिक्का हुनुपर्ने देखिन्छ । राम्रो कामकाज जहिले नै प्रशंसनीय हुन्छ , तसर्थ राम्रो कामलाई स्वागतयोग्य बनाउने र समाजलाई प्रगतिको दिशातिर लग्नका निम्ति रातदिन एक गरेर एकमाथि एक नमुना काम गर्दै आइरहेको साथै ॐ शांति भवन निर्माणको काममा सम्पूर्ण उपभोक्ता समितिमा खटिएकालाई धन्यवाद दिए साथै जनताको प्रतिक्रियाहरुलाई सधैं नै आत्मसात गरी अघि बढने यादवले बताए ।