+
+
0 Shares

सिरहामा मेयर चढ्ने गाडीले ठक्कर दिँदा एक जना गम्भीर घाइते

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


स्टार खबर
सिरहा-श्रावण १३

सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाका मेयर चढ्ने गाडीले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका- २ स्थित मल्हनियाँ चोकमा नगरप्रमुख गंगा पासवान चढ्ने स्कोरपियोले एक मोटरसाइकललाई ठक्कर दिएको छ । मंगलबार राति करिब १०.४५ बजे तिर पूर्वबाट पश्चिमतर्फ गइरहेको ना१झ १६३९ नम्बरको स्कोरपियोले विपरीत दिशातर्फ आउँदै गरेको स ९ प ८०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कल्याणपुर नगरपालिका वडा नं.१० काैरनियाही निवासी अमरेन्द्र मण्डल गम्भीर घाइते भएका छन् ।
घाइते अमरेन्द्र मण्डलकाे टाउकोमा चोट लागेको छ भने दुवै हात र एउटा खुट्टाको हड्डी ‘फ्याक्चर’ भएको छ । मण्डलको अहिले मिर्चैयास्थित मंगलम हस्पिटल प्र.लि.मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए।