+
+
0 Shares

बिष्णुपुर गाउँपालिकामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान गठन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


सिरहा
स्टार खवर


सिरहाको विष्णुपुर गाउँपालिकामा हिन्दू संस्कृति संरक्षण, हिन्दू समाजमा एकता तथा आफ्नो स्वाभिमान हरेक हिन्दू मा जगाऊनको निम्ति मंगलवार श्री रोशन मिश्रा को अध्यक्षतामा १७ सदस्य समिति गठन गरीयो।

हामी हिन्दु हौ हामी आफ्नो कुल परम्परालाई कहिले पनि बिर्सनु हुदैन।सानै देखि हामी प्रकृतिको पुजा गर्दै आइ रहेको छौ। पथर,खोला ,रुख,बृक्ष,सुर्य,आकाश ,धर्ती लगायतकालाइ केही न केही मानी पुजा पाठ गरीदै हामी आएका छौ ।साथै हामी जहाँ जाउ कसै सङ भेटघाट पनि हुदा जय श्री राम ले एक अर्कोलाइ सम्बोधन गर्ने गरौं हिन्दू राष्ट्र स्वाभिमान जागरण सप्तरीका अभियंता श्री जंग बहादुर सिंहले कार्यक्रममा बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा बिश्व हिन्दू परिषद् नेपाल का राष्ट्रीय उपाध्यक्ष श्री नारायण यादव, हिन्दू राष्ट्र स्वाभिमान जागरण सप्तरीका अभियंता श्री जंग बहादुर सिंह, जिल्ला सत्संग प्रमुख सिया शरण सिंह लगायत बिष्णुपुर गा.पा.का हरेक वडाहरुवाट सहभागीहरुको उपस्थित रहेको थियोे ।

उक्त कार्यक्रममा बिष्णुपुर गाउँपालिकाको पाचै वाडहरुमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान गठन अन्तरगत विष्णुपुर गाउँपालिकाको संयोजकमा रोशन मिश्रा, सह- संयोजक शिव नारायण यादव संपर्क प्रमुख कुशेस्वर यादव, संचार प्रमुख अशीष लाल सिंह, युवा प्रमुख संतोष यादव महिला प्रमुख रामकुमारी यादव, सेवा प्रमुख रामचन्द्र यादव, गौ रक्षा प्रमुख योगेंद्र सिंह, सत्यसंघ प्रमुख नथो महरा, वार्ड न. १संयोजक राम नारायण ठाकुर, वार्ड नं.२संयोजक रामबिनय यादव, वार्ड नं ३संयोजक राम एकवाल यादव, वार्ड नं.४ संयोजक संजय यादव, वार्ड नं ५ संयोजक धर्मेन्द्र सिंह लगायत प्रभेष महतो ,अभय महतो ,राकेश यादवलाई सदस्य मा दायित्व प्रदान गरियो।