+
+
0 Shares

सिरहामा डा. सुभाष चन्द्र यादबद्वारा २ अस्पताल र १२ वटाहेल्थ पोष्टलाई स्वास्थ्य सामाग्री हस्तानतरण

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


सिरहा।
स्टार खबर


कोभीड-१९ कोरोना भाइरस संक्रमणको तेस्रो लहरको संकेत पाउदै रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यका साथ स्वास्थ संस्थाहरुलाइ मंगलवार सिरहा नगरपालिकामा रहेका २ वटा अस्पताल र १२ वटा हेल्थपोस्टहरुलाई बोधिसत्वा बिहार,बुढानिलकण्ढ काठमाडौं का सिनियर एडभाइजर शान्त शर्माको सहयोगमा श्री चन्द्र नारायण यादब मेमोरियल ट्रष्ट सिरहाका सभापति डा.सुभाष चन्द्र यादवले विभिन्न स्वास्थ शाखाहरुलाइ हस्तान्तरण गरीएको छ ।

सिरहा नगरपालिका भित्र पर्ने  २ वटा अस्पताल र १२  वटा वडाका हेल्थ पोष्टहरुलाई उक्त स्वास्थ्य सामाग्री वितरण गरीएको छ । वितरण गरिएको स्वास्थ्य सामाग्री अति बिपन्न परीवार ,गरिव दुखी र अशक्तका लागि सहयोग गर्न,साथै आफ्नो मार्फत सिरहा जिल्ला मात्रै न भइ अरु अरु जिल्लामा समेत स्वास्थ सामग्री दिलाएको छु र साथै संस्था बोधिसत्वा बिहार,बुढानिलकण्ढ काठमाडौं का सिनियर एडभाइजर शान्त शर्मा प्रति अभार प्रकट समेत हस्तानतरणकर्ता श्री चन्द्र नारायण यादव मेमोरियल ट्रष्ट सिरहाका सभापति डा. सुभाष चन्द्र यादबले गर्नु भयो ।

सामग्रीहरुमा अस्पतालका लागि कोरोना जोखिम विरुद्ध पि.पि.ई. ५०  पिस,के एन ९० माक्स २०० पिस, सर्जिकल माक्स १००० पिस, पल्स अक्सीमिटर ४ पिस, थर्मल गन २ पिस, फेस सलाइड १०० पिस, गोगुलेस १०० पिस र अन्य सामाग्री ४० पिस उपलब्ध गराएको छ ।


त्यस्तै हेल्थ पोष्टहरुलाई पि.पि.ई. २ पिस, एन ९० माक्स ५ पिस, सर्जिकल माक्स २००, पल्जर अक्सििमटर १ पिस, थर्मस गन १, फेस सलाईड १० पिस,गोगुलेस १० पिस, ह्यण्ड वास २ लि. उपलब्ध गराएको छ ।

उक्त सामाग्री बोधिसत्व विहार बुढानिकण्ठले सहयोग गरेको थियो । उक्त कार्याक्रममा उधोग बाणिज्य संघ सिरहाका प्रमोद पौदार ,सिरहा नगरपालिका भित्रका विभिन्न वडाका वडाअध्यक्षहरु , विभिन्न स्वास्थ चौकीका स्वास्थकर्मिहरु,पत्रकारहरुको सहभागितामा हस्तान्तरण गरिएको छ ।