+
+
0 Shares

ओरेक सिरहा द्वारा सय जना परिवारलाई खाद्यान्न सहयोग

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
2 views

२४ श्रावण
स्टार खबर

ओरेक परियोजना कार्यालय सिरहाले लहान नगरपालिकाको ११,१२,१३ र २४ लगायत चार वटै वडाका सय जना गर्भवती, सुत्केरी एकल महिला, शारिरिक अशक्त भएका व्यक्ति र अतिविपन्न परिवारलाई आइतबारका दिन खाद्यान्न सहयोग गरेको छ ।

लहान नगरपालिका वडा नं. ११ मा वडा सदस्य चलितर राम, वडा नं. १२ मा ओरेकको केन्द्रिय सदस्य श्याम साह, वडा नं. १३ मा वडा अध्यक्ष ईश्वर वस्नेत र वडा नं. २४ मा ओरेकको जिल्ला संयोजक शर्मिला निरौलाको हातबाट खाद्यान्न वितरण गरिएको थियो ।

राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन, एक प्याकेट मास्क र प्याडको लागि प्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको छ ।

कोरोना महामारीका दोस्रो लहरका कारण अहिले पनि अवस्था समान्य नभएको हुँदा ओरेकले दिएको खाद्यान्नले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागि पुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक शर्मिला निरौलाले जानकारी गराइन ।