+
+
0 Shares

“शिरमा देश र मनमा मधेश”राखेर काम गरीदिनुहुन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह :प्रदेश प्रमुख झा

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


सिरहा, २६ साउनं
स्टार खबर


प्रदेश न .२ का प्रमुख मा.डा.राजेश झा ‘अहिराज’ ले
सिरहा जिल्लाका सुरक्षा निकाय प्रमुख तथा सञ्चारकर्मिहरुसँग जिल्लाका सुरक्षा अवस्था, महिला हिंसा, जातिय विभेद तथा सुरक्षानिकायसँग सञ्चारकर्मीहरुको सहकार्यको विषयमा भएको छलफलमा प्रदेश प्रमुख झाले समाज जागरुक, सचेत र सक्रिय भए अपराध न्यूनभएर जाने बताए ।


समाजलाई सचेत, जागरुक र सक्रिय बनाउन राष्ट्रसेवक कर्मचारी र सञ्चाकर्मीहरुको महत्वपूर्ण भूमिका रहने पनि उनले जनाए । प्रदेश प्रमुख झाले त्यसको लागि सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीहरुको विचमा सहकार्य आवश्यक रहेको जनाए ।
सोही क्रममा उनले यहाँ हुने अपराध र राजनीतिका घटनालाई छुट्याउनुपर्ने आवश्यक रहेको हरेक घटनालाई राजनीति करण गर्ने परम्परालाई तोड्नसके सुरक्षा चुनौति न्यूनहुने जनाए । त्यसको लागि सञ्चाकर्मीहरुले अपराधिक घटनालाई राजनीतिकरण हुनबाट रोक्न योगदान गर्नुपर्ने बताए ।
प्रदेश नम्वर २ भ्रष्टचारका कारण बदनाम भएको प्रति अङकित गर्दै झाले भ्रष्टचार विरुद्धको लडाईमा सवै एक जुट हुनु पर्ने बताए ।
मन्तव्यकै क्रममा प्रदेश प्रमुख झाले सवै राष्ट्रसेवक कर्मचारीहरुलाई ‘शिरमा देश र मनमा मधेश’ राखेर काम गरीदिनुहुन आग्रह गरे छलफल कार्यक्रममा जिल्लाको सुरक्षा अवस्था, सीमाका समास्या र अन्य विषयमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कण्डेलले जानकारी गराएका थिए । जिल्लामा कोभिड नियन्त्रणका लागि भएका कामहरुको वारेमा पनि जिल्ला प्रमुले जानकारी गराएका थिए । उनले भावीदिनमा हुनसक्ने सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै आवश्यक आईशोलेशन र अन्य व्यवस्थापनको कार्यगरेको बताए ।

शेर गण चोहर्वाका प्रमुख सेनानी सुमन थापाले सेना नागरिक विच भएका कार्यहरुको बारेमा जानकारी गराए ।
विभिन्न घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख हिरावहादुर पाण्डेले जानकारी गराएका थिए । सो क्रममा उनले अहिलेपनि जिल्लामा प्रत्येक महिना तीनसय बढी महिला हिंसाका घटनाहरु हुनेगरेको जनाए । दहेज र अशिक्षाका कारण घटना हुनेगरेको जनाए ।
सोहीक्रममा सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरी र राष्ट्रिय अनुसन्धान आयोगका जिल्ला प्रमुख
तुलशिराम प्रसाईले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज यादव वनौता लगायत जिल्लाका क्रियासिल पत्रकारहरुलाई मायाको चिनो रास्ट्र झणडा अन्कित लोगोले सम्मानित प्रमुख झाले गर्नु भएको थियो।