+
+
0 Shares

सिरहाको बिष्णुपुरमा प्रहरीले शुरु गर्यो “तपाईंको मास्क खोइ?’ अभियान

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

साउन -२७
स्टार खबर


कोभिड- १९ कोरोना महामारी नियन्त्रणका लागि सुरक्षा निकायले “तपाईंको मास्क खोइ ? अभियान सञ्चालन गरेका छन्। सिरहाको बिष्णुपुर गाँउपालिका वडा नं. १ स्थितमा रहेको बिष्णुपुर हाट बजारमा इलाका प्रहरी कार्यलय बिष्णुपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट बिष्णुपुरको संयुक्त आयोजनामा “समुदाय प्रहरी साझेदारी कार्यक्रम”अन्तर्गत “तपाईको माक्स खोई ? अभियान सञ्चालन गरेका हुन् ।

उक्त कार्यक्रममा कोभिड- १९ को महामारी प्रकोप नियन्त्रणको लागि “तपाईको माक्स खोई ? कोरोनाबाट स्वस्थ रहौ सचेत रहौ ,आफु पनि बचौ र अरुलाई पनि बचाऔ “भन्ने प्ले कार्ड सहित सवारी साधनहरुमा सवार व्यक्तिहरु तथा पैदलयात्रीहरु ,माक्स नलगाएका स्थानियवासीहरुलाई माक्स बितरण, पर्चा पम्प्लेट बितरण, सम्झाई बुझाई तथा सचेतनामुलक जिङगल बजाई बजार भरी प्रदर्शन गरेका हुन।

कोरोना सङ्क्रमणविरुद्ध “तपाईंको मास्क खोइ ? अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यलय बिष्णुपुरले जनाए।त्यस्तै सडक प्रयोगकर्ता, सवारीचालक र यात्रुले मास्क नलगाउने गरेको पाइएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बिष्णुपुरका इन्चार्ज जयनारायण महतोले बताउनुभयो।

मास्क नलगाउनेलाई कोरोनाबाट बच्नका लागि तत्काल मास्क लगाउन सुझाव दिँदै उपलब्ध पनि गराउन थालिएको
साथै परिस्थिति जटिल बन्दै गएकाले सबैलाई मास्क लगाउन अनिवार्य छ भन्ने सन्देश अभियान जारी राखिने अस्थायी ट्राफिक प्रहरी पोस्ट बिष्णुपुरका इन्चार्ज महतोले बताउनुभयो ।