+
+
0 Shares

ओरेक परियोजनाद्वरा प्रजनन् स्वास्थ्य सम्बन्धि एक दिने ऐकिकृत महिला स्वास्थ्य शिविर सम्पन्न

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


साउन -२८
स्टार खबर

ओरेक परियोजना कार्यालय सिरहाको आयोजनामा धनगढ़ीमाई नगरपालिका वडा नं.११ नैनपुरमा बुधबार एक दिने ऐकिकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नं. ११ महिलाहरुलाई लक्षित गरि गरिएको शिविरमा ८१ जना महिला तथा किशोरीहरुले सेवा लिएका छन् ।

धनगढ़ीमाई नगरपालिका, नमुना गाउँ नैनपुर र सम्झना महिला सामुदायिक संस्थाको सहकार्यमा गरेको शिविरमा महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धि आएको समस्यालाई केन्द्रित रहेर सेवा दिएको थियो ।

एक दिने एकिकृत महिला स्वास्थ्य शिविरमा धनगढ़ीमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले, स्वास्थ्य शाखा संयोजक सुरत चौधरी, समाजिक विकास शाखाबाट साबित्री साह र वडा नं. ११ की महिला सदस्य फुलकुमारी रामले अनुगमन गर्नु भएको थियो ।

१० वजे देखि सुुरु गरेको शिविरमा महिलाहरुलाई हुने प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या समाधानका लागि आफ्नै घर, बारीमा भएको जडीबुटी प्रयोग सम्बन्धि प्रदर्शनी राखेको थियो ।

धान गोड्ने समयमा गरिएको शिविरमा अतिविपन्न समुदायका महिलाहरु ज्यालादारीमा काम गर्ने भएको कारण हामीले लक्षित गरेको समुदायका केही महिलाले सेवा लिन नसकेको ओरेक परियोजना कार्यालय सिरहाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले बताउनु भयो ।