+
+
0 Shares

लैङ्िगक हिंसा प्रभावितहरुको सेवामा सहज पहुचकालागी छलफल कार्यक्रम

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा,साउन -३०,स्टार खबर


लैङ्िगक हिंसा प्रभावितहरुको सेवामा सहज पहुचकालागी सेवा प्रदायहरु सङ को छलफल कार्यक्रम शुक्रबार सिरहाको बिष्णुपुर गाउँपालिकामा महिला हिंसा निगरानी संजाल बिष्णुपुरको अध्यक्ष बबिता मिश्रको अध्यक्षतामा भएको थियो।


सिरहा जिल्लामा धेरैजसो लैङ्िगक हिंसाका घटनाहरु घटेको देखिन्छ ।धेरै पीडितले न्याय माग्न संबंधित ठाँउमा आउछन् र कतिपय घटनाहरु समाजमा लुकि छिपी मिलाउने गरेको देखिन्छ ।पीडितले न्याय न पाउँदा आत्महत्या समेत गरेको देखिन्छ।हरेक स्थानीय तहमा न्यायपालिकाको गठन भएको छ।तर न्यायपालीकाबाट कमैले न्याय पाएको देखिन्छ।पार्टी जाति को बिभेद्को कारण पनि स्थानीय तहको न्याय समितिवाट न्याय पाएको देखिदैन मानव अधिकारकर्मी दुर्गा परीयारले वताए ।


त्यसैगरी लैङ्िगक हिंसा खतम पार्न सर्व प्रथम आ आफ्नो घरमा शिक्षा , सन्सकार र चेतनामा ध्यान दिनु पर्छ।अनि लैङ्िगक हिंसाको अन्त आफै हुन्छ वडा न.५ का अध्यक्ष कपिल देव यादवले भने।


बिष्णुपुर गाउँपालिको न्याय समितिमा प्राय जग्गा विवाद को मुद्दा आउने गरेको छ घरेलु हिंसा न्यून रुपमा कहिले काहीँ आउँदा न्याय समितिले न्याय दिलाएर पठाउने गरेका छौ बिष्णुपुर गाउँपालिकाको उपाध्यक्ष अर्हुला महतो ले बताइन।

ओरेक परीयोजना कार्यक्रमको आयोजनामा रहेको
प्रमुख अतिथिमा बिष्णुपुर गाउँपालिकाको उपाध्यक्ष अर्हुला महतो,अतिथिमा नेपाल वार एसोसिएसन जिल्ला शाखा सिरहाको सचिब बिरेन्द्र लाल कर्ण,बिष्णुपुर गाउँपालिका वडा न. २का वडाअध्यक्ष राम इस्वर यादव , ३ का जय कुमार यादव ,५ का कपिल देव यादव ,मानव अधिकारकर्मी दुर्गा परीयार,ईलाका प्रहरी कार्यलय बिष्णुपुरका असय प्रदिप झा,ओरेक नेपाल लाहान कि देवकुमारी महरा,युवा ,महिला र पत्रकारहरुको उपस्थिति रहेको थियो।