+
+
0 Shares

लहानमा पत्रकारिता तालिमको अन्तिम दिन नागरिक अधिकार मँच गठन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


लाहन-३१ साउन
स्टार खबर

सिरहाको लहानमा सम्पन्न तीन दिने जनबोली पत्रकारिता तालिमको अन्तिम दिन मो.रहमुलका संयोजकत्वमा ६५ सहभागी सदस्य नागरिक अधिकार मँच गठन गरेको छ ।

सो समितिमा केदारनाथ यादव, हरिनारायण मण्डल, दिनेश्वर गुप्ता, रिन्कुकुमारी दास, शिवदयाल यादव प्रमुख सल्लाहकार रहेका छन् ।

तालिममा सहभागी सबै सो नागरिक अधिकार मँचको सदस्य रहेको छ । योसँगै यसका सदस्यले आ आफ्नो गाउँ टोल वडामा तथा स्थानीयतहमा नागरिक अधिकार मँच गठन गर्ने निर्णय समेत गरेको छ । साथै सहभागीको प्रमाणपत्रको लागि तालिम सम्पन्न भएको ठीक एक महिनापछि भाद्र ३० गते लहानमा वितरण गर्ने कार्यक्रम समेत गरेको छ ।

यसलाई निरन्तन्ता दिँदै मधेश मिडिया मिशन नेपालले पत्रकारिता तालिम अगामि दिनमा माग बमोजिम निःशुल्क तालिम गर्ने गराउँने निर्णय लिएको छ ।