+
+
0 Shares

सिरहा ट्राफिक प्रहरीले गरे नम्बर प्लेट स्पष्ट नभएका गाडीहरुलाई रोकाइ नम्बर प्लेट जडान

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


सिरहा,साउन -३२
स्टार खबर

ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापलाई रोक्न को उदेश्यले आज(सोमबार ) सिरहाको अस्थायी ट्राफिक प्रहरी पोस्ट बिष्णुपुर ले सवारी साधनमा नम्बर प्लेट नराखेको, नम्बर स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको र नम्बर प्लेटको टप बंग्याएको सवारीहरुलाई विशेष अभियानमार्फत आज सोमबारदेखि कडाइका साथ नम्बर प्लेट लेखाउन थालेको छ ।

सोमबारदेखि मात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरसाइकल मा नम्बर नै न लेखिएका २८ वटा मोटर साइकलहरुलाई रोकाइ गाडीमा नम्बर प्लेट जडान गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट बिष्णुपुरका इन्चार्ज जयनारायण महतोले बताए ।

उनले यस अभियानले सवारी धनीहरूलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एवं मर्मत सम्भार गर्ने बानीको विकास समेत गर्ने अपेक्षा लिएको र सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पूर्ण सवारी धनीहरूलाई अनुरोध समेत गरेको छ ।