+
+
0 Shares

बिष्णुपुर गाउँपालिकामा खाद्य पसलहरुमा अनुगमनको सुइँको पाउँदै केही पसल संचालक फरार

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सिरहा-भादौ-३
स्टार खबर

सहकारीको नाममा मल खाध सस्तोमा लिने र ब्लेक्मा बजारमा रहेका खाद्यान्न पसलहरुमा बिक्रि बितरन गरेको किसानहरुको गुनासोको आधारमा बिहिवार सिरहाको बिष्णुपुर गाउँपालिका भित्र रहेका खाद्य पसलहरुमा अनुगमन गरिएको छ ।
बिष्णुपुर गाउँपालिकाको कार्यलय र ईलाका प्रहरी कार्यलय बिष्णुपुरले गाउँपालिका भरीका खाद्यन्न पसलहरुमा अनुगमन गरिएको हो ।

खाद्यान्न पसलहरुले दर भन्दा बढी रकमा खाद्य बिक्री–वितरण गरेको सूचना पाइएको आधारमा गाउँपालिका भित्रका खाद्य पसलमा छड्के अनुगमन गर्दा प्राय पसलेहरुले किसानहरूबाट रकम भन्दा बढीमा खाध बिक्री बितरन गरेको पाइयो।साथै केही खाद्य पसलले अनुगमन टोलि आएको थाहा पाउने बितिकै पसल बन्द गरेर फरार भएको पाइयो।

साथै अनुगमनकै क्रममा सह्कारी संस्था ,पसलहरुले खाद्यको दर भन्दा बढि रकममा बिक्रीवितरण गरेकोलाई गाउँपालिकाको कार्यलयमा स्पष्टीकरण दिनकोलागि गाउँपालिकाको कार्यलयमा बोलाए ।

अनुगमनमा बिष्णुपुर गाउँपालिकाको उपाध्यक्ष अर्हुला देवी सिंह , प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत, बिष्णुपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जय कुमार यादव, बिष्णुपुर कृषि शाखा प्रमुख शिव शंकर यादव ,ईलाका प्रहरी कार्यलय बिष्णुपुरका इन्चार्ज प्रकाश खड्का र पत्रकारको सहभागिता रहेको थियो ।