+
+
0 Shares

निजी विद्यालय खोल्ने पत्रकार सम्मेलन मार्फत जानकारी

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


स्टार खबर
भादौ-१०

सिरहाको लहान उद्योग बाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत निजी विद्यालय खोल्ने अंतिम तयारीमा संस्थागत विद्यालयहरु पत्रकार सम्मेलन मर्फत सार्वजनिक गरिएको हो ।

जिल्ला भरिका निजी तथा संस्थागत विद्यालयहरु बिहिबार देखि संचालनमा आएका छन् । स्वास्थ मापदण्ड पालना गरि हाल कक्षा ६ देखि कक्षा १२ सम्मको पठनपाठन  कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गरि विद्यालय संचालन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो।

कार्यक्रममा नेशनल प्याव्सनका जिल्ला अध्यक्ष सुदिपकुमार चौधरी र प्याब्सनका जिल्ला अध्यक्ष लालबाबु रायद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै विद्यालय खोल्ने बारे जानकारी गराईएको हो । शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय खोल्नु अति आवस्यक भएको सो विज्ञप्तीमा जनाइएको छ ।

‘प्रत्यक्ष रुपमा पठनपाठन रोकिनुले बालबालिकामा नाकारात्मक प्रभाव परेको अभिभावकहरुबाट व्यापक रुपमा गुनासो आईरहेको ,’नेशनल प्याव्सनका केन्द्रिय सल्लाहाकार पाण्डव हमाल ठकुरीले जनाए । हमालले भने ‘ पढाइ रोकिनुको कारणले बच्चाहरु कुलतमा फस्न थालेका छन। साथै कतिपय त मनोबैज्ञानिक रुपमा डिप्रेसनको सिकार बन्ने स्थितिमा छन । यसले देशकै भविष्य बिगार्ने भएकोले विद्यालय खुल्न लागेको हो ।

विद्यालय खोल्नु पर्ने बिषयमा व्यापक छलफल तथा बहस गरिएको थियो। देशको सबै स्थानीय तह, स्थानीय प्रशासन तथा सरोकारबाला निकायहरुसँग छलफल जारी रहेको र कतिपय जिल्लाहरुमा पढाई संचालित भईसकेको हमालले जानकारी गराए ।