+
+
0 Shares

सिरहामा समान्य विषयमा झडप हुँदा एक महिलाको मृत्यु , आरोपित फरार

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

स्टार खबर
सिरहा/भदौ १६

सिरहाको कल्याणपुर नगरपालिका वडा नं.९ डुमरीमा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ ।

 स्थानीय भालसहिर देवि यादव र जय कुमार यादव त्यस्तै श्रीदेव यादवको परिवारबीचको झडामा ६५ वर्षकी भालसहिर देवि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त शुभाष बुढाथोकीले बताए ।

श्रीदेव यादवले वाटोमा भौसीको मल राखेको विषयमा झगडा सुरु भएको थियो । झगडाका क्रममा जय कुमार यादव र श्रीदेव याददले लाठि र तालले कुटपिट गर्दा भालसहिर देवि यादवको घटना स्थल मै मृत्यू भए ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए ।
झगडाको क्रम्ममा उक्त महिलाको मृत्यू पश्चिात जय कुमार यादव र श्रीदेव यादव फरार छन् ।

फरारलाई खोजी कार्य तिव्र गरिएको छ भने मृतकको शव पोष्टमाटमका लागि लहान अस्पतालमा पठाई घटना बारे अनुसन्धान थालिएको प्रहरी प्रवक्त बुढाथोकीले बताए ।