+
+
0 Shares

हामी नारी “कविता “

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

सोनम मिश्र,लाहान -४ असोज

हामी नारी
हामी नारी हौ तर छैन कसैको लागि बोझको भारी,
जीवन धान्न मात्र होइन हरेक कदममा रहन्छौ सधैँ अगाडि।
कसैले भन्छ हामीलाई आमाको दुलारी,
त कसैले भन्छ पापाको प्यारी। शायद यसैले गर्छ बिना पढाई लेखाइको कम उमेरमा छोरीको बिहेवारी।


कसैले देखाउछ दया र कसैले देखाउछ सहानुभूति,
हामी कोमल अवस्य छौ तर छैनौ अबला नारी।
कहिले बोक्छौ हामी परिवारको ईज्जतको भारि,
त कहिले ओढाइन्छ हामीलाई घु्न्घटो रूपी सारी।


कहिले बिवस हुन्छौ देखेर बुवाको लाचारी,
त कहिले सहनु पर्छ ससुराको व्यवहार अत्याचारी।
सधैं आफ्नो ईच्छा र आकांक्षाको बलि दिराखे,
कहिले आफ्नो जीवन बाच्ने हो नारी। नारीले ईज्जत् र सम्मान पाउने हो भन्ने रहदैन यो समाज कहिले पछाडि,


ईतिहास र सभ्यताको भार बोकेर कहिले सम्म बस्ने हो नारी।
अब अझै अन्याय र अत्याचार सहन सकदैन नारी।
आफ्नो अस्मिता र आत्म सम्मानको लागि लडने समय आइसकेछ।
अब उठ हे बिरंगना नारी बुझ आफ्नो कर्तव्य र जिम्मेवारी,
पितृसत्यारूपि समाज विरुद्ध आफ्नो आवाज बुलन्द पारौ र गरौ संघर्षको तैयारी ।
– सोनम मिश्र