+
+
0 Shares

सनराइज युथ सञ्जाल सिरहाद्वरा महिनावारि सरसफाइ तथा सेनेटरी प्याड वितरण

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views

स्टार खबर
सिरहा- असोज -१०

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर -११ स्थित सितापुर गाउँमा शनिबार सनसाईज युथ सिरहा संजाल (SYSS) को पहिलो बार्शीक उत्सवको अवसरमा “मानवको सेवा गर्ने” सनराइज युथ सिरहा सञ्जालले महिनावारि सरसफाइ तथा सेनेटरी प्याड वितरण गरेको थियो ।

उक्त कार्यक्रमा सम्पुर्ण सञ्जालले सुरुमा मास्क र,कपि र कलम वितरणगरी महिनवारि सरसफाइ कार्यक्रम सुरु गरियो ।

यस कार्यक्रममा मिर्चैया न पा ११ सितापुरका दलित समुदायका महिला तथा १० बर्ष भन्दा माथी को बालिकाहरुको सहभागिता रहेको थियो ।

महिलाहरु को नियमित प्रकृया महिनावारीको बेलामा सरसफाई, खानपान, हुनसक्ने समस्या, गर्नहुने र गर्न नहुने क्रियाकलापका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको तराई भेगमाा अझैँ व्यापक रहेको छाऊपडि जस्ता कुरितीका बारेमा पनि छोटो जानकारी गराई र सहभागि महिला तथा बालिका गरी जम्मा ४० जनालाई प्याड उपलब्ध गराइयो ।

सनराइज युथ सिरहा सञ्जालकि अध्यक्ष शोभा कुमारी साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो । उक्त कार्यक्रममा मिर्चैया न पा ११ वडा को समाज सेवि ,शिक्षक श्री देविन्द्र यादव को अतिथि साथै सनराइज युथ सिरहा संजाल”काे पदाधिकारी पारस जयसवाल , प्रियंका जैन , सुरेस सिंह , रन्जिता सिंह ,रुपेश यादव , अजय यादव , रुपेश साह , प्रिति यादव लगायतका सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।