+
+
0 Shares

सिरहामा नेपाल भारत महिला मैत्री समाजद्वारा राहत सामग्री बितरन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
1 views


स्टार खबर
सिरहा-१० असार

नेपाल भारत महिला मैत्री समाजले विपन्न तथा घरवारविहीन परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।

भारत सरकारबाट प्राप्त राहत सामाग्री समाजले आइतबार मिर्चैयामा आयोजित एक कार्यक्रमबीच २० जना विपन्न तथा घरवारविहीनहरुलाई राहत सामाग्री प्रदान गरेको हो ।

यस्तै, ८० जनालाई पुग्ने राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई हस्तान्तरण गरिएको छ ।

महिला मैत्री समाजकी अध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद चन्दा चौधरीले ४२ लाख बराबरको उक्त राहत सामाग्री हस्तान्तरण गरिन् ।

राहत सामाग्रीमा सिरहाका पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट ३० वटा, सानो टेन्ट ५५ वटा, मझौला टेन्ट २५ वटा र प्लाष्टिकको गुन्द्री २०० वटा रहेकोे उनले जानकारी दिइन् ।

सांसद चौधरीले विपद् व्यवस्थापन समितिलाई जिम्मा लगाइएको राहत वास्तविक पीडित समक्ष पुर्याउन आग्रह गरिन् । सहयोगका लागि उनले भारत सरकारलाई धन्यवाद समेत दिइन् ।

उक्त कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।