+
+
0 Shares

सिरहाको कल्याणपुर नगरपालिकामा छात्राहरुलाई साईकल बितरन

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


स्टार खबर
सिरहा-११ असोज

सिरहाको कल्याणपुर नगरपालिकामा महिलाको शिक्षामा जोड दिनुपर्ने उदेश्यले १सय ७ जना छात्राहरूलाई साइकल बितरन गरिएको छ।

कल्याणपुर नगरपालिका अवस्थित रामदुलारी माध्यमिक विद्यालय कल्याणपुरको प्रागंणमा आयोजित साइकल बितरण कार्यक्रमको प्रमुख अथितिको रुपमा वोल्दै कार्यवाहक नगर प्रमुख रोहिनी कुमारी यादवले आफु नगरपालिका भित्रका विद्यालयहरुको सुधारउन्मुख र महिला मुखि शिक्षा विकासको प्रतिवद्धता व्यक्त गर्दै महिला शसक्तिकरणमा जोडदिने वताईन । उहाँले भने कल्याणपुर नगरपालिकामा महिला शिक्षाको स्थिति कमजोर रहेकोले सबै भन्दा पहिला महिला शिक्षामा जोड दिनुपर्ने आवश्यक रहेको छ ।

कल्याणपुर नगरपालिका वडा नं.११ स्थित रामदुलारी माध्यमिक विद्यालय कल्याणपुरमा अध्यनरत कक्षा ११ र १२ का १ सय ७ छात्राहरुलाई साइकल बितरण गरिएको छ ।

यो साईकल नभई महिला विद्यार्थीहरुको हौसला प्रदान गर्ने यन्त्र रहेको छ,यसलाई ग्रहण गर्दै शिक्षामा थप जोडदिनुपर्ने कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दासले बताएका हुन् । दासले भने आफु नगरपालिकाको कार्यवाहक प्रमुख प्रसासकिय अधिकृत रहेकोले प्रदेश तथा केन्द्र सरकारलाई महिलाहरुको शिक्षामा झन प्रगतिका लागि पलह गर्न लगाउने प्रतिवद्धता जाहिर गरे ।

साईकल वितरण कार्यक्रममा बिशिष्ट अतिथि कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय प्रसाद दास, अतिथि कल्याणपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष राजेश्वर यादव,संजिप यादव,पताशी यादव,कृष्णदेव लगायत सम्बन्धित विद्यालयका शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।