+
+
0 Shares

धनुषाको शहिदनगर नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views

स्टार खबर,

नरेशचन्द्र बरबरीया

धनुषा ,१५ असोज

धनुषाको शहिदनगर नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुले सम्मानित हुँदा गौरवान्वित महसुस भएको बताएका छन् ।

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले आफ्नो छोरा समेतले कहिले नदिएको सम्मान नगर प्रमुखले दिएको भन्दै गौरवान्वित महसुस गरे ।

कहिले नपाएको सम्मान बुढेशकालमा आएर नगरपालिका र नगर प्रमुखबाट सम्मानित हुन पाउँदा खुसी भएको सुनाए । शुक्रबार शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट ९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

नगर प्रमुख उदय कुमार बरबरिया ९यादव को प्रमुख आतिथ्यमा सम्पन्न भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै सहभागी जेष्ठ नागरिकहरुले मेयर बरबरियाको खुलेर प्रशँसा गरे । उनीहरुले छोरा भन्दा पनि उमेर लाग्दा मेयरले विभिन्न तवरबाट हेरचाह गरेको बताए ।

सहभागी जेष्ठ नागरिकहरुले समाजिक सुरक्षा भत्ताको नियमितता, कोरोना कालमा निःशुल्क औषधीको व्यवस्था, यातायातको व्यवस्था सहित आज सम्मान पनि गर्दा गौरव महसुस भएको प्रतिक्रिया दिएको थियो ।

सो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले उपस्थित जेष्ठ नागरिकहरुसँग आशिर्वाद थाप्दै उनीहरुको समस्या बारे सोधेका थिए । जेष्ठ नागरिकहरुले सरकारले दिने सेवा सुविधा सहित नगरपालिकाबाट दिइने थप सुविधाहरुले सन्तुष्ट भएको प्रतिक्रिया दिएको थियो ।

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सबै वडाबाट एक–एक जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । वडा नम्बर १ देखि ९ सम्मको क्रमशःविल्टी देवी खत्वे, कारी देवी यादव ,अमिरिया देवी हजामनी, राम सुनरी देवी यादव, घुरनी देवी मंडल, कृष्ण कुमारी देवी सिँह लगायतलाई सम्मान गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवले ९ वटै वडाका जेष्ठ नागरिकहरुलाई दोसल्ला ९सल ओढाएर सम्मान गरे । जेष्ठ नागरिकहरुले मेयर र अधिकृतलाई आशिर्वाद दिएको थियो ।

कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, आम नागरिक, स्थानीयवासी, जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।