+
+
0 Shares

सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनाले ज. स. पा. नेपालमा प्रवेश

starkhabar mukesh9801061609
५ वर्ष अगाडि
0 views


स्टार खबर
असोज -१६
सिरहा ।

सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनाले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका-५ चिकनामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौं जनाले जसपा प्रवेश गरेका हुन् ।

जसपामा प्रवेश गर्नेहरू नेपाली कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता हुन् । यसमध्ये एकजना प्रमोद यादव कांग्रेसका वडा सभापति नै हुन् । उनको स्थानीय स्तरमा राम्रो पक्कड छ ।

उनीहरूलाई जसपाका शीर्ष नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश सांसद सुरेश कुमार मण्डलले संयुक्त रुपमा पार्टीमा स्वागत गरे । देशका सबै राजनीतिक दललाई जनताले चिनिसकेको भन्दै जसपाप्रति जनाकर्षण बढ्नु स्वभाविक रहेको नेता यादवले बताए ।

अबको देशको वैकल्पिक राजनीतिक शक्ति जसपा नै रहेको भन्दै उनले जनताले साथ दिए मात्रै देशलाई समृद्ध बनाउने सपना पूरा हुने धारणा राखे ।