+
+
0 Shares

सिरहामा इनारमा डुबेको अवस्थामा युवकको लास भेटियो

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
1 views


स्टार खबर
सिरहा- असोज ३० ।

सिरहाको गोलबजारमा नगरपालिका वडा नं ८ भाइजीटोल निवासी भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुघन महतोको शव इनारमा फेला परेको छ ।

सिरहाको नरहा गाउँपालिका वडा नं ३ नयाँ चोहर्वा स्थित जीर्ण अवस्थामा रहेको इनारमा युवकको लास भेटिएको हो ।

दशैंको अवसरमा आयोजित झिझिया नाच हेर्नको लागि युवक त्यहाँ गएको पारिवारिक श्रोतले जनाएको छ ।

राती नाचको समयमा दुई समुहबीच विवाद भएको स्थानिय रामभरोस यादब बताउनुहुन्छ ।
नमूना माध्यामिक बिध्यालय कक्षा ११ मा अध्यनरत बिधार्थीको शवलाई ईलाका प्रहरी कार्यालय गोलबजार र मिर्चैयाका सहयोगमा बाहिर निकाली घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।