+
+
0 Shares

सिरहाबाट हिडेको बस भण्टाबारीमा दुर्घटना : यादवको मृत्यू, २२ घाइते

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
2 views

इनरुवा, मंसिर १८ । सुनसरीको कोसी गाउँपालिका ८ स्थित भाण्टाबारीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन् ।
मृत्यु हुनेमा सिरहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नम्बरको बस दुर्घटनामा परेको हो ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा मृत्यु भएको छ ।
मृतक यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेमध्ये केहिको अबस्था गम्भीर छ ।
Source : Todaykhoj Nepal