+
+
0 Shares

राजनीतिक प्रतिशोधका कारण मेरो नामले मुद्दा जोडिएको छ : मेयर श्रवण यादव

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
10 views

सिरहा, २१ मंसिर ।

सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले निश्चित राजनितिक दलको चाहानापुरा गर्ने र मलाई बदनाम गर्ने नियतसहित विभिन्न सञ्चार माध्यमहरुमा भ्रामक समाचार सम्प्रेशन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सरकारी बकिल कार्यलयले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको बताए ।
मेयर यादवले जिल्लाबकिल कार्यलयल बाट जारी भएको पक्राउपूर्जि सञ्चारमाध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले हामीले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनिप्रयोग गरेको आरोप लगाए ।
मेयर यादवले विपक्षिदलले सानो घटनालाई उछाल्नु, घटनालाई बङ्याएर सत्तामा सत्ताधारीको विरोधगर्नु राजनीतिमा सामान्यविषय विषय भएको बताए । दलहरुले लगाएको आरोप र वहकावमा विषय नबुझि, विषयको गम्भिर अध्ययननगरी निश्चित राजनीतिक स्वार्थशिद्धगर्ने कार्यमा सञ्चारमाध्यम प्रयोग भएको प्रति दुख व्यक्त गरे ।
उनले घटनाबारे जानकारी दिंदै गत २०७६ चैत्र २४ गते मिर्चैया नगरपालिका वडा नं २ मलहनियाँखोरी वडा कार्यालयमा कोरोना भाइरस महामारीमा गरीव, दलीत, विपन्न र वेरोजगार नागरिकलाई नगरपालिकाबाट जनप्रतिनिधि तथा कर्मचारीसहितको टोलीले राहत वितरणको क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि स्थानीय उच्छृङ्खल गतीविधिमा लागेका समुहबाट हुलहुज्जत र ढुङगामुडा समेत प्रहारगर्ने कार्य भयो । सो कार्यको स्थानीयजनताहरुले प्रतिकार गर्दा निजहरु भागने क्रममा लडदा केहीव्यक्तिकोहात–खुट्टा लगायतमाचोट पटक लाग्नपुगेको थियो । सोही विषयलाई राजनीतिक रङ्गदिएर वडा अध्यक्ष, नगर प्रमुखलगायतलाई विपक्षीवनाई ज्यानमार्ने मुदामादर्ता गराएको थियो ।
त्यहि विषयमा नगरपालिकासहितलाई लगाएको मुद्दालाई नितान्त व्यक्तिगत जस्तो देखाएर आफ्नो चरित्र हत्यागर्ने प्रयास गरेको बताए। ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाइएको मेयर यादव लाई जिल्ला अदालत सिरहाले सोमबार थुनछेक बहस पछि ३० हजार धरौटीराखेर मेयर श्रवण यादव समान्य तारिख पाएका छन ।