+
+
0 Shares

सिरहा:बेवारिसे शिशुको छठीयार सम्पन्न

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
2 views

सिरहा-२६ मंसिर।
सिरहाको धनगढीमाई नगरपालिकाको जीरोमाईलमा मिती २०७८/८/२१ गते फेला परेको नवजात छोरा शिशुको आज बेलुका ६ बजेको समयमा जिल्ला अस्पतालको मीटिंग कक्षमा मिथिला संस्कृति मुताबिक अस्पतालका नर्श हरुद्वारा नाम राख्ने कार्य अर्थात् छठीयार कार्यक्रम सम्पन्न भएको छ ।

शिशुलाई आशीर्वाद दिनका लागि नेपाल पत्रकार महासंघ सिराहा शाखाका पुर्व अध्यक्ष तथा बरिष्ट पत्रकार देव कुमार यादव लगायत जिल्लाका पत्रकारहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा शिशुको नाम गोला प्रथा द्वारा छनौट गरीएको थियो जहाँ शिशुको नाम आभास छनौटमा परेको थियो । उक्त नाम छनौटमा गोलबजार टेलिभिजनका सञ्चालक विटु सिंहको परेको थियो । सर्वसहमतिले छनौट गरीएको नामको पछाडी राज बरिष्ट पत्रकार देव कुमार यादवले थपेपछि अहिलेलाई शिशु आभास राज नामले परिचित रहने छन् । शिशुको नामको समस्या तत्काललाई समाधान भएपनि अब थरको लागि शिशुले ३ दिन पर्खनु पर्ने छ ।

आजै जिल्ला प्रशासन कार्यालय सिरहामा जिल्लाका उच्च अधिकारीहरुको सामूहिक बैठकले शिशुलाई धर्मपुत्र बनाउनेको लागि ७ नियंमसहित कानूनी प्रक्रिया पूरा गरेर मात्र शिशु लैजान पाउने अधिकार प्राप्त हुने सूचनामार्फत जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

करिब एक दर्जन बढी निसन्तान दम्पतीले शिशु लैजानको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दर्ता गराएका मध्य नै शिशुको हक दावीको लागि ३ दिने म्याद कानुनी प्रक्रिया को लागि दिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।