+
+
0 Shares

छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गर्न नसके पुनः आन्दोलनमा उत्रने दलितहरुको चेतावनी

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
1 views

सिरहाको गोलबजारमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग झण्डै ६ घण्टापछि सञ्चालनमा आएको छ । आन्दोलनकारीले नै भोलीसम्मका लागि छुरा प्रहार गर्नेलाई पक्राउ गर्न प्रहरीलाई अल्टिमेटम दिँदै राजमार्ग खोलेका हुन् ।

भोली विहानसम्म छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गर्न नसके पुनः आन्दोलनमा उत्रने दलित अगुवा शिवशरण सदाले चेतावनी दिए ।

प्रहरीले राजमार्ग खोलाउन बल प्रयोग गर्न खोजेपछि आन्दोलनकारीसँग झडप समेत भएको थियो । केहि आन्दोलनकारी घाईते समेत भएका छन् ।

पछि आन्दोलनकारीले प्रहरीलाई लखेटेर राजमार्ग पूर्ण रुपमा कब्जामा लिएको थियो । तर राजमार्ग अवरद्धका कारण हजारौं सवारी साधन र यात्रु अलपत्र परेपछि आन्दोलनकारी आफैं तत्कालका लागि राजमार्ग खोलेका छन् ।शनिवार साँझ गोलबजार नगरपालिका ६ मा छुरा प्रहार गरी स्थानीय २६ वर्षीय रामकुमार सदायको हत्या गरिएको थियो ।

सो घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै त्यहाँका बासिन्दाहरु आन्दोलित बनेका छन् ।