+
+
0 Shares

सीके राउतका कार्यकर्तामाथि गोली चल्यो, पाँचजना घाइते २ जनाको अवस्था चिन्ताजनक

starkhabar mukesh9801061609
४ वर्ष अगाडि
0 views

धनुषा ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो ।

वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । घटनाबारे विस्तृत जानकारी आउँन बाँकी छ ।